September 7, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

तुलसीपुर महोत्सवमा चक्र बम र सम्झना भण्डारीको दमदार प्रस्तुति 

दाङ :  तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरू झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो ।  महोत्सवमा लोकप्रिय कलाकारहरूले आफ्नो हिट गीत गाउँ रौनकता छाएको थियो । चक्र बमले ‘ओए काजल’ लगायतका गीतहरू गाएर माहोल तताए, भने सम्झना भण्डारीले ‘घाँसै काट्यो खोली दोभान’ जस्ता गीत प्रस्तुत गरी दर्शकलाई नचाए ।

यस्तै हास्य कलाकार कमल गाउँले, गायक रोशन रत्गैँया , टङ्क खड्का, दीपक वली तथा नृत्याङ्गना आरुसी मगर रोशन रत्गैँया, रजिना परियार लगायतको प्रस्तुति रहेको थियो । साँझ परिसक्दा समेत कार्यक्रम अवधिभर दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो । महोत्सवमा आइतबार  चर्चित गायिका शान्ति श्री परियार, अर्जुन सापकोटा, कुल बहादुर वली आउने सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा जारी महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो ।  

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सञ्चालन भैरहेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न सबैमा आग्रह गरे ।

About The Author