दाङ । दाङको तुलसीपुरस्थित हिमाल एकेडेमीको आयोजनामा बुधबार लागूऔषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीको सहभागितामा ‘लागूऔषध दुर्व्यसनविरुद्धको अभियान, कानुनको कार्यान्वयन र सही पहिचान’ विषयक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा नार्कोनन लुम्बिनी प्रदेशका संयोजक वसन्त पुनले सहजीकरण गर्नुभएको थियो। उहाँले लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था, यसको कारण तथा यसले व्यक्ति, परिवार र समाजमा पार्ने असरबारे जानकारी गराउनुभएको थियो।
उहाँले दुर्व्यसन र दुर्व्यसनीको अवस्था, लागूऔषध नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था तथा दण्ड, स्थानीय प्रशासन र सरोकारवालाको भूमिका लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराउनुभयो। साथै, विद्यार्थीहरू कसरी साथीभाइको संगत, कौतुहलता र विभिन्न परिस्थितिका कारण लागूऔषध सेवनको जोखिममा पर्न सक्छन् भन्ने विषयमा स्पष्ट पार्दै समयमै सही पहिचान र रोकथामको आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा विद्यालय तहको पाठ्यक्रममा लागूऔषधसम्बन्धी विषयवस्तुको समावेश तथा त्यसको महत्वबारे समेत जानकारी गराइएको थियो।
विद्यालयका प्रधानाध्यापक मधुसूदन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षक भीम मरासिनीले गर्नुभएको थियो।

थप
महालक्ष्मी बैंकले विद्यालयमै पुगेर गर्यो वित्तीय अभिमुखीकरण
दोस्रो वार्षिकोत्सवको अवसरमा ‘इगल खबरद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
हिमाल एकाडेमीका कक्षा ११ का विद्यार्थीलाई एक भव्य कार्यक्रम गरे स्वागत