September 7, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

दोस्रो वार्षिकोत्सवको अवसरमा ‘इगल खबरद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दाङ :  आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा ‘इगल खबर’ले दाङ तुलसीपुर उपमहानगरपालिका–३ सातबासस्थित प्राथमिक विद्यालय कल्ले राम्रीकोटका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई ३० वटा झोला, ३० दर्जन पेन्सिल र १५ दर्जन कापी निशुल्क प्रदान गरिएको हो । ‘एचआर मिडिया हाउस प्रालि’ अन्तर्गत सञ्चालित ‘इगल खबर’का सञ्चालक एचआर मगरका अनुसार झन्डै ३० हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिएको हो ।

उनका अनुसार आवश्यक सामग्री खरिदका लागि विभिन्न व्यक्तिबाट सहयोग संकलन गरिएको र व्यक्तिगत रूपमा पनि केही रकम थपिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले बिकट सातबासमा पुगेर बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु समाजप्रतिको जिम्मेवारीबोधको उत्कृष्ट उदाहरण भएको बताए ।

त्यस्तै, वडा सदस्य राजेन्द्र गुरुङ र नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतले पनि ‘इगल खबर’को यो सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गरेका थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर गुरुङले विद्यालयमा हाल ४१ जना विद्यार्थी नाम लेखाएका भए पनि नियमित उपस्थिति करिब ३० जनाको मात्र हुने जानकारी दिए । शैक्षिक सामग्री प्राप्त गरेकी कक्षा ४ की छात्रा सृष्टि घर्तीले निःशुल्क झोला, कापी र पेन्सिल पाउँदा निकै खुसी लागेको बताइन् ।

About The Author