September 7, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

फर्निचर उद्योगमा आगलागी, वाणिज्य सङ्घद्वारा दुख व्यक्त

दाङ :  दाङको तुलसीपुर–१२ पुकार पसलस्थित सिद्विविनायक फर्निचर उद्योगमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । दिउँसो करिब सवा ३ बजे विद्युत सट भएर भएको आगलागीमा करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

व्यवसायी तारा बहादुर वलीले सञ्चालन गर्दै आएको उद्योगमा भएको क्षतिको अवलोकन गर्न घटनास्थल पुगेका तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले पटक–पटक आगलागीका घटना दोहोरिनु दुखद रहेको भन्दै स्थानीय सरकार, प्रशासन र निजी क्षेत्रलाई विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गरे ।

यसैबीच, वाणिज्य सङ्घका अध्यक्ष केसी र महासचिव केशवराज केसीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन् । पश्चिम दाङमा विपद् व्यवस्थापनमा कमजोरी देखिएको भन्दै विज्ञप्तिमा तत्काल अत्याधुनिक दमकल खरिद गर्न स्थानीय सरकारलाई आग्रह गरिएको छ ।

About The Author