दाङ : लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।थारू समुदायको बसोवास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।
थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ।यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ व्रत ’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ। थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औँसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

थप
बंगलाचुलीमा संजिवनिको निःशुल्क स्वास्थ्य शिविर, ३०० जनाले लिए स्वास्थ्य सेवा
दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
लुम्बिनीमा स्वास्थ्य सेवा सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्मका १३ प्रतिबद्धता