लमही : नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको आयोजनामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संघद्धारा सञ्चालित राप्ती आँखा अस्पताल, छन्द ( कालेबाबु ) नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको सामाजिक परिक्षण लमही आँखा अस्पताल भएको हो । एनएवीपी नर्वेको आर्थिक सहयोग भएको कार्यक्रममा सहभागीहरूले संघद्धारा सञ्चालित अस्पतालहरूले लुम्बिनी तथा कर्णाली प्रदेशका जनतालाई सर्वसुलभ आँखा उपचार सेवा प्रदान गरेको बताएका थिए ।
सुशासन जवाफदेहिता, पारदर्शितासँगै अस्पतालमा सहज सेवा प्रवाह भएको भन्दै झै यसलाई बढाउदै लैजानुपर्ने सहभागीको भनाई थियो । नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णकुमार गिरीको अध्यक्षता लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता उपप्रमुख लक्ष्मी योगी र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले यस क्षेत्रका जनताहरूलाई अस्पतालले गुणस्तरीय सेवा दिएको बताएका थिए ।
उनले लमहीमा नाक, कान घाटी अस्पतालका लागि जग्गा प्रदान गरेको भन्दै अन्य सहयोग पनि हुने बताए । उनले आगामी वर्षमा भौतिक निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । “यो वर्ष मेयरले चलाउन मिल्ने बजेट लमही अस्पताललाई उपलब्ध गराएका छौ अर्को वर्ष आँखा अस्पतालमा कति हुन्छ बजेटको उचित व्यवस्था गर्नेछु उनले भने । त्यस्तै गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले गाउँपालिकाले प्रत्येक वर्ष निःशुल्क आँखाको शल्यक्रियाका लागि बजेट विनियोजित गरि उज्यालो अभियान सञ्चालन गरेको भन्दै अन्य भौतिक निर्माणका लागि पनि सहयोग निरन्तर रहेको बताइन् । उनले यो वर्षपनि कोइलावासमा वार्ड भवनका लागि रकम विनियोजित गरि काम अगाडि बढेको बताइन् ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले लमही आँखा अस्पतालले दिने सेवा प्रभावकारी र पारदर्शिता कायम गरेको बताए । उनले अस्पतालको विकासका लागि सहयोग हुने बताए । सामाजिक परिक्षण कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले गरेका गतिविधि भावी कार्यक्रम तथा रणनीतिका बारेमा जानकारी गराएका थिए । थापाले लमही आँखा अस्पतालमा नाक, कान घाँटीको विशेषज्ञ सेवा दिई रहेको र आगामी दिनमा यसलाई अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताए । त्यस्तै सल्यान आँखा केन्द्र, गुबाकोट आँखा केन्द्र ,घोराही आँखा केन्द्र र सुलिचौर आँखा केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा विकास गर्न लागेको भन्दै अव त्यहीबाट शल्यक्रिया सेवा सुरु गर्ने बताएका थिए ।
नेपाल नेत्रज्योति सङ्घ दाङका सचिव घनश्याम सुवेदीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा लेखा अधिकृत कृष्णप्रसाद भट्टराईले आर्थिक प्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा सभापति कृष्णकुमार गिरीले अस्पताल दिदैँ आएका परेवाहरूलाई थप गर्न आफूहरू लागेको भन्दै यसमा सबैको साथ सहयोग आवश्यक रहेको बताएका थिए । गिरीले अन्धोपन न्यूनिकरणको अभियानमा नेपाल नेत्रज्योति सङ्घ लागेको भन्दै सबैको साथ सहयोग आगामी दिनमा हुने विश्वास व्यक्त गरे ।
गिरीले लुम्बिनी र कर्णालीका जनतालाई विभिन्न दातृनिकायहरूबाट सहयोग जुटाएर निःशुल्क सेवा दिई रहेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सामाजिक परिक्षण कार्यक्रमको सहजिकरण रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए । कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरु, पत्रकार, नागरिक समाज, समाजसेविहरुको सहभागीता रहेको थियो ।

थप
अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने पाँच ट्याक्टर नियन्त्रणमा
द फोर्स ट्रेनिङ सेन्टर तुलसीपुरका १६ जना एकै लटमा नेपाली सेनामा छनोट
घोराहीलाई ‘लैङ्गिक हिंसा नियन्त्रणित नगर’ घोषणा गरिने