November 21, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

भोलिदेखि दाङमा सबै सवारीसाधन सञ्चालन हुने

दाङ :  जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन सोमबार बिहानदेखि पूर्णरूपमा सञ्चालन गर्ने जनाएको छ ।जिल्ला प्रशासन कार्यालय दाङले आज आइतबार एक सूचना जारी गर्दै मौसममा क्रमिक सुधार हुँदै गएकाले भोलि सोमबार बिहान ६ बजेदेखि जिल्लाभित्र सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालन गरिने जनाएको हो ।

कार्यालयले सडकको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै सवारी चालक तथा यात्रुलाई सतर्क र सुरक्षित भई यात्रा गर्न आग्रह गरेको छ । साथै ट्राफिक सङ्केत तथा सूचनालाई गम्भीरतापूर्वक पालना गर्नसमेत अनुरोध गरिएको छ । वारी आवागमनसम्बन्धी जानकारी तथा आपतकालीन अवस्थामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

About The Author