November 21, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

सहारा सहकारीले गर्यो १९ औं वार्षिक साधारणसभा

दाङ : तुलसीपुर –६ मा रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले शनिबार १९ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशन गरेको छ । संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षता तुलसीपुर उपमहानगरपालिका  ६ का निवर्तमान वडाअध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यमा  उद्‌घाटन कार्यक्रम भएको हो ।

प्रमुख अतिथि लामिछानेले सीमित सहकारी संस्था र सञ्चालकमा कारण सहकारी प्रतिको विश्वासमा खडेरी सिर्जना गरेको बताए । उनले धेरै सहकारीले सामाजिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।  सहकारीको माध्यमबाट पछिल्लो पुस्तालाई सक्षम उद्यमी बनाउन सकिने उनको धारणा छ । उद्‌घाटन समारोहमा संस्थापक अध्यक्ष विष्णुप्रसाद शर्मा, सल्लाहकार बलदेव शर्मा, शेयर सदस्य उषा गौतम लगायतले सहकारीको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने बताए । 

संस्थाका सचिव भीमलाल मरासिनीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए,   भने कोषाध्यक्ष पदम कुमार ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  सहकारीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढी खुद नाफा गरेको छ । संस्थाले आर्थिक वर्ष २०८१ / २०८२ मा ६ लाख ४५ हजार १४५ आम्दानी गरेकोमा बितेको आर्थिक वर्ष २०८२/ २०८३ मा ११ लाख ३४ हजार ७३ रुपैयाँ खुद नाफा गरेको छ ।

उपाध्यक्ष टोप बहादुर महताराको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव भीमलाल मरासिनीले गरेका थिए । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाको अध्यक्षमा पदम कुमार ज्ञवाली चयन भएका छन् ।

संस्थाको उपाध्यक्षमा भिमलाल मरासिनी,  सचिवमा शालिकराम ओली तथा कोषाध्यक्षमा विश्राम अधिकारीलाई चयन गरिएको छ । त्यस्तै तेज बहादुर केसी, आशाकुमारी नेपाली, गीता बिष्ट महतारा, सन्तोष आचार्य, देवकी पौडेल तथा लेखा समिति संयोजक लक्ष्मण पोख्रेल, सदस्यमा शान्ता शर्मा र किरण बिकलाई चयन गरिएको हो ।

About The Author