
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

थप
अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने पाँच ट्याक्टर नियन्त्रणमा
द फोर्स ट्रेनिङ सेन्टर तुलसीपुरका १६ जना एकै लटमा नेपाली सेनामा छनोट
घोराहीलाई ‘लैङ्गिक हिंसा नियन्त्रणित नगर’ घोषणा गरिने