July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

बाँसको चोयाले जीवन धान्दै आएका दिल बहादुर

दाङ :   पछिल्लो समय बजारमा पाइने प्लाष्टिकका विभिन्न सामग्रीहरूले परम्परागत रुपमा प्रयोग हुँदै आएका सामाग्रीहरू लोप भइरहेका छन् , भने ति सामग्री बनाउने पेशा सीप पनि हराइरहेका छन् । बबई गाउँपालिका ७ मलइखोलाका ४६ वर्षीय दिल बहादुर परियारको मुख्य पेशा भनेको बाँसबाट छिटुवा, डोको, डालो, भकारी जस्ता बनाउने नै हो । ९ वर्षको उमेरदेखि यो बनाउन सिकेको उनले अहिलेसम्म यही पेशाबाट आफ्नो जीविका चलाउँदै आएका छन् । उनले यो पेशा अङ्गालेको करिब ३७ वर्ष भयो । अहिले पनि निरन्तर रुपमा यो पेशामा रहेको भन्दै उनले आफूसँगै श्रीमतीलाई पनि यो पेशा सिकाएका छन् । घरमा उनीहरु दुबै जनाले सामग्री बनाउने गरेको बताए ।

उनले भने,‘  जग्गा थोरै छ, तर, लगाएको खाद्यान्न बाली जङ्गली जनावरले  खाएर नष्ट गरि दिन्छन्। बुवाले यही पेशा गर्नु भएको थियो । मैले पनि यही सिके र अहिलेसम्म गर्दै आइरहेको छु । ’ यस्तै उनले  पछिल्लो समय सामग्रीहरू पनि  कम मात्रामा बिक्री हुने गरेको बताए ।मलइखोला विकटटठाउँ भएको हुँदा आफूले बनाएका सामग्रीहरू बिक्री गर्नको लागि बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका विभिन्न गाउँमा बोकेर लैजाने गरेको उनका भनाइ छ । उनका अनुसार सबै सामग्री तयार गरेपछि एक घण्टामा २ वटा छिटुवा बनाउन सकिन्छ । दिनमा १५ वटा जति बनाउन सकिन्छ ।  आफूसँग बाँस नभएको हुँदा गाउँबाट किनेर ल्याउने र बनाउने गरेको उनले बताए ।

बाँस हेरेर मूल्य हुने  भन्दै एउटा बाँसबाट ३÷४ वटा छिटुवा बनाउन सकिने उनले बताए । एउटा छिटुवालाई ३ सय सम्ममा  बिक्री गर्ने गरेको उनको भनाइ छ । दिल बहादुरकी श्रीमती सावित्री पनि घरको काम सकेर श्रीमानसँग छिटुवा बुन्दै आएकी छन् । उनले यसरी छिटुवा बन्नु लागेको करिब ९ वर्ष भयो । यो पेशाबाट नै घरखर्च  चलाउन  सहज भएको भन्दै उनले त्यतिकै बस्नु भन्दा श्रीमानसँग काम सिकेर फाइदा भएको बताइन् ।   आफ्नो ३/ ४ कठ्ठा जग्गा रहेको र त्यसको खेतीले वर्षभरी खान नपुग्ने  र त्यसमा पनि जङ्गली जनावरले खाइदिने गर्दा निकै समस्या हुने गरेको र यसलाई मुख्य पेशा बनाएर उनको भनाइ छ  । यहि पेशाबाट नै घरमा २ छोरा, २ छोरी र सासुआमा सहित ७ जनाको परिवार चलेको उनले बताइन् ।

अनलाइन राप्तीबाट

About The Author