
बर्दिया : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी– बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गरे । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तीखाल सुर्खेतमा शुक्रबार छलफल गर्नु भएका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराए । लुम्बिनी प्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा गरिएको बताए । आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षित हुनेगरि गर्नुपर्ने बताउँदै उनले नदि कटान र विपद जोखिम न्यूनिकरण गरेर काम गर्न अनुरोध गरे ।
आयोजना कार्यालयसँग छलफल गर्नु अघि उनले बासगढी नगरपालिका १ चेपाङ बर्दियाका स्थानीसँग भेट गरेका थिए । अबको २ वर्ष भित्र भेरी नदिको पानी बबई नदिमा झारेर सिँचाइ, विद्युत उत्पादन सुरु हुनेगरि काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ ।
हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारण लाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । १२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०६८ / ६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो ।
भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युत गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन -( टिबिएम ) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते‘ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालि ( कोभेक ) को संयुक्त निर्माणमा बनिरहेको छ ।

थप
अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने पाँच ट्याक्टर नियन्त्रणमा
द फोर्स ट्रेनिङ सेन्टर तुलसीपुरका १६ जना एकै लटमा नेपाली सेनामा छनोट
घोराहीलाई ‘लैङ्गिक हिंसा नियन्त्रणित नगर’ घोषणा गरिने