July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

सबैका लागि विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्ने अभियानमा छौंः मुख्यमन्त्री आचार्य


नवलपरासी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु¥याउने गरी सरकारले भूमिका बढाउदै लगेको बताए । प्रदेश सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच स्थापना गर्ने उद्देश्यले मातहतका अस्पतालहरूको सेवा, सुविधा र संरचना सुदृढ बनाउँदै लगेको स्पष्ट पारे ।

शनिबार पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपचार सेवा जनताको पहुँचमा पु¥याउन सरकार सबै तहबाट सक्रिय रहेको धारणा राखे । । उनले लुम्बिनी प्रदेशलाई स्वास्थ्य सेवा तर्फ उत्कृष्ट प्रदेश बनाउने गरी सरकारले लगानी गरिरहेको स्पष्ट पारे । अस्पताललाई रिफर गर्ने होइन, त्यहीँ उपचार गर्न सक्ने बनाउने लक्ष्यतर्फ सरकार अघि बढेको उल्लेख गर्दै उहाँले स्वास्थ्यकर्मीलाई सेवा प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउन निर्देशन दिए ।

मुख्यमन्त्री आचार्यले अस्पतालमा मृगौलाको डायलासिस सेवा विस्तार गरिएको, आँखा उपचारका लागि छुट्टै कक्ष निर्माण भएको समेत जानकारी दिए । पछाडि परेका भूगोल, क्षेत्र र समुदायलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम अगाडि बढाइएको जानकारी दिंदै उनले पश्चिम नवलपरासीलाई हेर्ने दृष्टिकोणमा कमजोरी आउन नदिइने स्पष्ट पारे। उनले क्रमागत, बहुवर्षीय तथा वार्षिक योजनामा यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जानकारी गराए ।

मुख्यमन्त्री आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले संयुक्त रूपमा पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गरेका हुन । स्थापना भएको ११४ वर्ष पुरानो अस्पताल हाल ५० शैयाको क्षमतामा सञ्चालनमा छ । प्रदेश सरकारको १३ करोड ६६ लाख रुपैयाँ लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो ।

हाल अस्पतालमा ५९ जना कर्मचारी दरबन्दी कायम छ । जसमध्ये मेडिकल सुपरिटेन्डेन्ट १ जना, जनरल मेडिसिन २, सर्जरी २, गाइनेकोलोजी ९महिला तथा प्रसूति रोग० ३, हाडजोर्नी १, नेत्र (अप्थाल्मोलोजी ) १, रेडियोलोजी १, जेरियाट्रिक १, मेडिकल अधिकृत ४ तथा डेन्टल सर्जन २ जना गरी १९ जना चिकित्सक कार्यरत छन् ।

अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, निःशुल्क प्रसूति सेवा, दन्त तथा आँखा उपचार, लैङ्गिक हिंसा सम्बन्धी परामर्श तथा उपचार, सुरक्षित गर्भपतन, हाडजोर्नी र फिजियोथेरापी, जनरल फिजिसियन, सिकलसेल एनेमिया परीक्षण र उपचार, रेडियोलोजी सेवा, क्षयरोग स्क्रिनिङ्ग, जेष्ठ नागरिक ओपीडी, स्वास्थ्य बीमा कार्यक्रम, पेन ओपीडी तथा मेडिकोलिगल र पोष्टमार्टम सेवाहरू सञ्चालनमा छन् । केही दिनअघि पहिलोपटक पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो भने मृगौलाको डायलासिस सेवा शुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

About The Author