July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

आजदेखि तुलसीपुरमा चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता हुँदै

दाङ :  दाङको तुलसीपुरमा  बिहीबारदेखि चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता तथा सातौँ राष्ट्रिय रेफ्री सेमिनार र कोच एक्रिडिटेशन कार्यक्रम सुरु हुनलागेको छ। नेपाल कराते महासङ्घ लुम्बिनी प्रदेश तथा जिल्ला कराते सङ्घ दाङको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।  प्रतियोगिता अनुशासनका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रमको पूर्वसन्ध्यामा तुलसीपुर स्थित रिपोर्टस् क्लबको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर लुम्बिनी प्रदेशका अध्यक्ष पदम बस्नेतले कार्यक्रमको उद्‌घाटन बिहीबार दिउँसो १ बजे हुने जानकारी दिए ।

  उनले प्रतियोगितामा देशभरका ७७ जिल्लाका करिब २०० देखि २५० खेलाडी सहभागी हुने बताए । प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता तथा नामावलीका लागि बुधबार बेलुका ४ बजेसम्म समय तोकिएको छ। सहभागी खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिनुपर्नेछ। तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता तुलसीपुरको इन्द्रनगरस्थित कर्भड हलमा हुनेछ। रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेशस्तरबाट राष्ट्रिय टिम निर्माण गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका १२ जिल्लाबाट खेलाडी छनोट गरिने योजना बनाइएको छ जानकारी गराइएको थियो ।

आउँदो फागुन २७ र २८ गते ललितपुरमा हुने चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिताका लागि उत्कृष्ट टिम छनोट गरिने समेत अध्यक्ष बस्नेतले बताए ।  त्यस्तै कार्यक्रममा रेफ्री सेमिनारमा सहभागिताका लागि रेफ्रीहरुलाई एक हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ भने नयाँ रेफ्रीका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। नयाँ रेफ्रीहरुलाई टाई र प्रमाणपत्र प्रदान गरिनेछ

। त्यस्तै कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी रहेका छन् । भने कार्यक्रममा नेपाल कराते महासङ्घका केन्द्रीय अध्यक्ष युवराज लामा लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।  त्यस्तै पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश महासङ्घका सचिव ओमलाल थापा, प्रदेश रेफ्री कृष्णबहादुर घर्ती, दाङ जिल्ला कराते सचिव प्रतीक्षा नेपालीलगायतको सहभागिता रहेको थियो ।

About The Author