दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको बताए । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मौलिक परम्परा, संस्कृति र पहिचानको संरक्षण तथा सम्वर्द्धन गर्दै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक, सामाजिक रूपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।
‘लुम्बिनी प्रदेश भूगोलमा जस्तै मौलिक कला, संस्कृति, परम्पराहरूमा समेत विविधतायुक्त छ । यही बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने तमु ल्होसार जस्ता मौलिक पर्वहरूबाट सबै नेपाली बिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट आपसी एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ,‘ तमु ल्होसार पर्वले सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न, प्रदेश
सरकारले अघि सारेको ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर’ प्रदेश बनाउने लक्ष्य पुरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’ विभिन्न कार्यक्रम गरेर गुरुङ समुदायले तमु ल्होसार पर्वलाई नयाँवर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।


थप
लुम्बिनी मन्त्रिपरिषद् बैठकः सरकारको प्रवक्ता नियुक्त
दाङमा सञ्जीवनी अस्पताल असोज ६ गतेदेखि शुभारम्भ
दंगीशरण गाउँपालिकाले बजेट किन लुकायो ? जनताको चासो बढ्दै, पारदर्शितामाथि प्रश्न