July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् चार निर्णय ?

दाङ :  लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान  सम्बन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयन सम्बन्धी विषयको प्रदेश अनुगमन इकाई गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकमा अनुप बाँस्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । पाँच वर्षे कार्यकालका लागि बाँस्कोटालाई पुनः नियुक्त गरिएको हो ।

About The Author