दाङ : ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सई नरेन्द्र शाही अब गायकको भूमिकामा देखिएका छन्। तीजको अवसर पारेर शाहीले पहिलो पटक सार्वजनिक गरेको मौलिक तीज गीत ‘परिछौ गमक्क’ अहिले चर्चामा छ।
शाहीकै शब्द तथा संगीतमा तयार पारिएको यस गीतमा लोकप्रिय गायिका पूर्णकला बिसीले शाहीसँगै स्वर दिएकी छन्। तीजको सांस्कृतिक र पारिवारिक भावनालाई समेटिएको गीतमा सरिता दनकुटी र विरेन्द्र सिंहको अभिनय देख्न सकिन्छ। उनीहरूले गीतको कथा र भावनालाई प्रभावकारी ढंगले अभिव्यक्त गरेका छन्।
गीतको निर्देशन मदन खड्काले गरेका छन् भने, छायांकन सरोज शाही र सम्पादन अनिल राणाले गरेका हुन्। गीतको छायांकन, सम्पादन र निर्देशन पक्षमा पनि सशक्त प्रस्तुति देखिएको छ। शाहीले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्।
भिडियो सार्वजनिकसँगै सामाजिक सञ्जालमा दर्शकहरूको उत्साहजनक प्रतिक्रिया आउन थालेको छ। गायकका रूपमा यो शाहीको पहिलो औपचारिक प्रयास भए पनि गीतको शब्द, संगीत र समग्र प्रस्तुति हेर्दा उनी भविष्यमा पनि यस्ता सिर्जनामा सक्रिय रहने संकेत मिलेको छ।

थप
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य