
दाङ : “शान्तिनगरको ईच्छा जीवन धान्ने, शिक्षा” भन्ने मूल नाराका साथ शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोग तथा जनकल्याण माध्यमिक विद्यालय, सिमसुन्दरपुर दाङको आयोजनामा सञ्चालित १० दिने सिपमूलक तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। तालिममा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ४७ जना विद्यार्थीले सहभागिता जनाएका थिए। ९० घण्टे तालिम अन्तर्गत हाउस वायरिङ तथा पलम्बिङ सम्बन्धी व्यवहारिक सीप प्रदान गरिएको थियो।
विद्यालयका अनुसार तालिमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउँदै भविष्यमा स्वरोजगार र सीपमा आधारित शिक्षातर्फ अभिप्रेरित गर्ने उद्देश्य लिएको छ। समापन कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर खत्रीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष बुढाथोकीले विद्यार्थीहरूलाई सीपमूलक तालिमबाट आत्मनिर्भर बन्न प्रेरणा लिन आग्रह गर्दै शान्तिनगर गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै अझ विस्तार गर्ने बताइन्।
तालिम प्रशिक्षण प्रशिक्षक सन्दीप शर्मा र सुमन शाहीले प्रशिक्षण प्रभावकारी ढंगले सम्पन्न गरेका थिए। सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। उनीहरूले यस्ता तालिमहरू भविष्यमा पनि आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। शान्तिनगर गाउँपालिकाले शिक्षालाई व्यवहारिक, उपयोगी र जीवनोपयोगी बनाउने उद्देश्यका साथ यस्ता तालिमहरू सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रमको संचालन विद्यालयका शिक्षक हेमन्त यादवले गरेका थिए।

थप
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य