July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

सिसी टिभी जडान गर्न दुई बैँकद्धारा ७५ हजार  सहयोग

दाङ :   तुलसीपुर  उद्योग वाणिज्य सङ्घले सुरु गरेको” सुरक्षित तुलसीपुर सुन्दर तुलसीपुर” अभियानमा हातेमालो गर्न तुलसीपुरका बैँक हरुले सुरु गरेका छन ।  मङ्गलबार सिद्धार्थ बैकले ५० हजारको चेक प्रदान गरेको छ । बैकका प्रबन्धक किरण आचार्यले अध्यक्ष बिनिल केसीलाई सो चेक हस्तान्तरण गरेका हुन ।त्यस्तै मङ्गलबार नै साइन रेसुङ्गा डेभलपमेन्ट बैक तुलसीपुरले अभियानमा हातेमालो गर्न २५ हजार उपलब्ध गराएको छ। बैङ्कका प्रबन्धक  दिपेन्द्र थापाले अध्यक्ष केसीलाई २५ हजारको चेक प्रदान गरेका हुन ।

यस अघि मुक्तिनाथ बैङ्कले यो अभियानमा ५१ हजार सहयोग गरिसकेको छ । वाणिज्य सङ्घका अध्यक्ष  केसीको अध्यक्षतामा भएका कार्यक्रममा  बोल्ने वक्ताहरूले तुलसीपुरलाई अब प्रविधिको माध्यमबाट सुरक्षित गर्नुपर्ने बताएका छन । सो अवसरमा अध्यक्ष केसीले हबिगत चार वर्ष देखि बिग्रीएका बाह्र थान सिसि क्यामरा मर्मत गरि सुचारु गरिएको बताए । सुरक्षित तुलसीपुर अभियान अन्तर्गत सिसि क्यामरा जडान देखि मर्मतका कामहरू सुरु गरिएको छ उनले भने,”  अहिले २२ वटा क्यामरा सुचारु छन । सो अवसरमा तुलसीपुर बैङ्कर्सका अध्यक्ष रञ्जन कोइरालाले  वाणिज्य सङ्घले थालेको अभियानमा सबै बैङ्कहरूको सहकार्य हुने बताए  ।

कार्यक्रममा क्लबका सल्लाहकार सरोज लामिछानेले भने,” तुलसीपुर सबैको हो यसलाई सुरक्षित बनाउनु हामी सबैको दायित्व हो । यसमा सबैको हातेमालो हुन जरुरी छ ।” सो अवसरमा  सङ्घका पूर्व अध्यक्ष विमल रिजालले सामाजिक उत्तरदायित्व पुरा गर्दै यस क्षेत्रको विकासमा निजी क्षेत्रले सधैँ अग्रसर भएर लाग्ने बताए ।

उनले  सम्झ बैकर्सहरूसँग हातेमालो गर्दै अघि बढ्नु पर्ने सुझाब दिए ।कार्यक्रममा नेपाल विद्युत  प्राधिकरण तुलसीपुर बितरण केन्द्रका प्रमुख शिव गोसालीले पश्चिम दाङमा आफूले केही सुधारका कामहरू सुरु गरेको बताए  । उनले पश्चिम दाङमा बयालीस सय घर धुरि विद्युतको पहुँच भन्दा बाहिर रहेको भन्दै गङ्गटे,  जिला र मलै क्षेत्रमा विशेष चासो दिएर   विद्युत  बिस्तार गरिरहेको बताए ।सो अवसरमा  सङ्घका सल्लाहकार समितिका सदस्य टिकाराम रोका, मानार्थ सदस्य पूर्ण प्रसाद धिताल लगायतकाले बोलेका थिए  । उपाध्यक्ष नरेशराज भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण महासचिव केशवराज केसीले गरेका थिए ।

About The Author