काठमाडौँ : सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) को अवसरमा भोलि (सोमवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विज्ञप्तिमा “चैत १८ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” उल्लेख छ।


थप
बंगलाचुलीमा संजिवनिको निःशुल्क स्वास्थ्य शिविर, ३०० जनाले लिए स्वास्थ्य सेवा
दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
लुम्बिनीमा स्वास्थ्य सेवा सुधारदेखि आयुर्वेद औषधि उत्पादनसम्मका १३ प्रतिबद्धता