July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

दंगीशरणरमा बिभिन्न विद्येयकहरूमा पारित

दाङ :  दंगीशरण गाउँपालिकाले १८ औं गाउँसभा दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सभामा पेश गरेको विधेयकहरू आइतबार सर्वसम्मत रुपमा पास भएका हुन । पेश भएका बिभिन्न विधेयक पास गर्न गाउँपालिका अध्यक्ष शम्भु गिरीले सभामा निर्णयार्थ पेश गरेका थिए ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक बजेट तथा कार्यक्रम माथिको संसोधन प्रस्ताव, स्थानीय बन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८१ , दलित सशक्तीकरण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८१ पस भएका हुन । त्यस्तै गाउँसभाले जलचर तथा जैविक विविधताको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०८१, महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको बेरुजु फछर्यौट सम्बन्धमा लेखा समितिको वार्षिक प्रतिवेदन पनि पास गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८० र ०८१ को न्यायिक समितिको वार्षिक प्रतिवेदन माथि छलफल तथा १७ औ गाउँसभादेखि हालसम्म कार्यपालिका बैठकले गरेका निर्णयहरू अनुमोदनका लागि सभामा पेश भएका थिए । ती सबै सर्वसम्मत रुपमा पास भएका हुन ।

About The Author