September 7, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

दाङमा करिब २५ किलो लागू औषध चरेससहित ३ जना पक्राउ

दाङ : दाङमा प्रहरीले करिब २५ किलो लागू औषध चरेससहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका २ घर भइ हाल घोराही उपमहानगरपालिका १३ सिर्जनशील टोलमा कोठा भाडामा बस्ने ३९ वर्षीय निम बहादुर आले, प्यूठानको नौबहिनी गाउँपालिका २ बस्ने २१ वर्षीया देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका ७ बस्ने २९ वर्षीय प्रकाश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

 बुधबार साँझ करिब ७ बजेतिर जिप्रका दाङबाट गएको प्रहरी टोलीले उनीहरु बस्दै आएको कोठा खानतलासी गर्दा निम बहादुर र देउकलीले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्साकोठामा प्लाष्टिकको ड्रम भित्र प्लाष्टिकको बिभिन्न पोका बनाई राखेको अवस्थामा २४ किलो ७१० ग्राम तौल लागू औषध चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी ईश्वर थापाले जानकारी दिए । साथै  तिनै जनालाई पक्राउ गरी   थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

About The Author