दाङ : लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो । लुम्बिनी प्रदेश सरकार स्थापना भएको आठ वर्ष पुरा भएको छ । लुम्बिनी प्रदेश सभा २०७४ माघ २१ गते स्थापना भएको थियो । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले सोमबार नै सार्वजनिक विज्ञप्ति मार्फत सार्वजनिक बिदा दिएको जानकारी दिएका थिए ।
२०८० भन्दा पहिले लुम्बिनी सरकारले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । २०८० सालदेखि दुई वटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको थियो । स्थापना दिवस मनाउन प्रदेश राजधानीमा तयारी गरिएको छ ।

थप
पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुविधा सम्पन्न होटल सञ्चालनका लागि लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै