काठमाडौँ : नेपाल आयल निगमले आज मध्य रातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको छ। निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ भाउ बढाएको छ। भारतबाट भाउ बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल १४७ रुपैयाँ कायम भएको छ। यसैगरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ १५८.५० रुपैयाँ र डिजेल १४४.५० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोलको दाम १६० रुपैयाँ र डिजेलको १४६ रुपैयाँ पुगेको छ।

थप
तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ