दाङ : घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा विगत १६ दिनदेखि एउटा लास थन्किँदै आएको छ । आफन्त कोही पनि लिन नआएको हुँदा एक जना पुरुष ब्यक्तिको लाश त्यहाँ थन्किँदै आएको हो । ती ब्यक्तिको मृत्यु घोराही उपमहानगरपालिका १० झारबैरास्थित मानव कल्याण समाज सेवामा भदौ १७ गते बेलुकी भएको थियो । मानव कल्याणको घरमा बस्दै आएका अन्दाजी ५२ वर्षीय ती ब्यक्तिले आफ्नो घर घोराही – १२ हापुर र नाम भुपेन्द्र खत्री बताउँदै आएका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनको वास्तविक नामथर वतन भने खुलेको थिएन । मानव सेवा आश्रममा बस्दै आएका उनको एकाएक चक्कर लागेपछि पल्टिएका थिए । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले शवको जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेपछि शब घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
प्रहरीले मृतकको पहिचानका लागि हुलियासहित परिपत्र जारी गर्दापनि हालसम्म कही कतैबाट सनाखतका लागि कोही आएको छैन । त्यही भएर शब अस्पतालमा थन्किँदै आएको हो । १६ दिन बितिसक्दा पनि कोही आफन्त सम्पर्कमा नआएको हुँदा प्रहरीले बिहीबार फोटो सहितको विवरण सार्वजनिक गर्दै मृतकको सनाखतको लागि आग्रह गर्नु परेको डीएसपी शाहले जानकारी दिए ।

थप
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य