July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

कक्षा १२ को परीक्षामा दाङको शान्तिनगर गाउँपालिका प्रथम

दाङ :  कक्षा १२ को परीक्षामा दाङको शान्तिनगर गाउँपालिका प्रथम भएको छ ।  जसले ९३. ७५ प्रतिशत विद्यार्थी उत्रिर्ण गराउन सफल भएको छ । शान्तिनगरबाट २८८ विद्यार्थी परीक्षामा सहभागि भएकोमा २७० विद्यार्थी उत्रिर्ण भएको गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए । सोही अनुसार जिल्लाका १० वटा पालिका मध्ये सबै भन्दा बढि शान्तिनगरले उत्रिर्ण गराउन सफल भएको हो । जुन पालिकामा सबै विद्यालय सरकारी छन् ।

सरकारी विद्यालयबाट पनि राम्रो नतिजा ल्याउन सकिन्छ, भन्ने यो राम्रो उदाहरण रहेको अध्यक्ष बस्नेतले बताए ।“शिक्षक, विद्यार्थी र अभिभावकको यसमा ठूलो भूमिका छ”, उनले भने“ त्यसैले पनि दाङमा प्रथम भयौं, नेपालमै पनि राम्रो नतिजा ल्याउने हामी हुन सक्छौं ।” यस्तै गाउँपालिका शिक्षा शाखा प्रमुख सुमन पाण्डेका अनुसार गत वर्ष पनि गाउँपालिकाले कक्षा १२ को परीक्षामा राम्रो नतिजा ल्याएको थियो ।

 गाउँपालिका भित्र रहेका जनकल्याण मावि सिमसुन्दपुर, बुद्ध मावि, विपी कोइराला मावि , शिवशक्ति माविमा कक्षा १२ सम्म पढाइ हुँदै आएको छ, भने यस वर्षदेखि वडा नं. ७ मा  रहेको मावि तुलसीपुरमा कक्षा ११ को पढाइ शुरु भएको उनले बताए ।   त्यस्तै ८१.८५ प्रतिशत उत्रिर्ण गराउँदै घोराही उपमहानगरपालिका द्वितीय, ८०.२५ प्रतिशत विद्यार्थी उत्रिर्ण गराउँदै तुलसीपुर उपमहानगरपालिका तृतीय भएको छ ।

About The Author