काठमाडौं : नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ । बलियो लाइनअप रहेको यो चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा विजय बराल छन् । विजय तीनै अभिनेता हुन्, जो ब्लक बस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा थिए । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका उनको अभिनयको चौतर्फी तारिफ भएको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा हालसम्मै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र हो । जसले नेपाल भित्र र बाहिर गरेर करिब पौने एक अर्बको ब्यापार गरेको थियो । यो ऐतिहासिक चलचित्रका तीनै मुख्य पात्र विजय बरालको अर्को चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ मा रिलिज हुँदै छ ।
‘पूर्ण बहादुरको सारङ्गी’पछि विजय मुख्य भूमिकामा रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हो । यो चलचित्र रिलिज हुुँदा ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजयको रापतापले काम गर्ला कि नगर्ला भन्ने धेरैमा कौतुहलता छ । निर्माण पक्ष यो पनि परिवारका सदस्यबीचको इमोस्नल कथा नै रहेको र गाउँले परिवशेषकै कथा भएकाले दर्शकले मन पराउनेमा निर्देशक हिमाल न्यौपाने ढुक्क छन् ।
गाउँलेकै कथा, गरिबीकै कथा, परिवारका सदस्यसँगकै इमोस्नल सम्बन्ध र उही अनुभवी पात्र भएकाले विजयको अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई जस्तै दर्शकले मन पराउने अभिनेता विजय बरालको विश्वास छ । हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् । चलचित्रमा विजयसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

थप
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
अनुगमन प्रभावकारी बनाउन जिल्ला समन्वय समिति सञ्चालन सम्वन्धित ऐन संशोधन आवश्यक : मुख्यमन्त्री आचार्य