तुलसीपुरमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटनामा परि दुई किशोरको मृत्यु भएको छ । मतृक दुबै किशोर तुलसीपुर उपमहानगरपालिका – १७ का हुन । तुलसीपुर – १७ का १५ बर्षीय सविन भण्डारी र सोही ठाउँका १६ बर्षीय मनोज रोका मगरको दुर्घटनामा परि मृत्यु भएको हो ।
उनीहरु दुबै जनालाई दुर्घटना पछि ट्रयाक्टरले च्यापेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले उनीहरुलाई उद्धार गरि उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तुलसीपुर – घोराही सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका – ७ मोतिपुरको ओरालोमा बिहान ११ बजेतिर तुलसीपुरबाट विजौरी तर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भइ पल्टिएको थियो ।
सोही दुर्घटनामा परि ट्रयाक्टरमा सवार तुलसीपुर – १७ का १५ बर्षीय धनबाहदुर चौधरी र तुलसीुपर – १८ बजौरीका २६ बर्षीय प्रकाश चौधरीपनि घाइतते छ्न । उनीहरुको अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक तुलसीपुर – १७ मानपुरका २६ बर्षीय सुरेश चौधरीको बाँया हातमा चोट छ । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

थप
तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ