
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । आइतबार बिहानदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएको हो । हवाई इन्धनको मूल्य भने केही घटाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।


थप
तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ