November 21, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

करवृद्धि फिर्ता लिन माग गर्दै ६ हजार ५ सय हस्ताक्षर बुझाइयो 

 दाङ :  दाङको घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा वृद्ध गरेको मालपोत तथा व्यावसायिक कर वृद्धिको निर्णय फिर्ता लिन माग गर्दै नेपाली काङ्ग्रेसले हस्ताक्षर सङ्कलन नगरपालिकालाई बुझाएको छ । कुनै वैज्ञानिक आधार नभै मनोमानी रुपमा आम नागरिकको ढाड सेक्ने गरी कतिपय शीर्षकमा शत प्रतिशतसम्म राजस्व वृद्धि गरिएको भन्दै स्थानीय पालिकाको ध्यानाकर्षण गराउन १९ वडाबाट ६ हजार ५ सय नागरिकको हस्ताक्षर सङ्कलन गरी पालिकालाई बुझाएको हो ।

नेपाली काँग्रेस घोराहीले यसअघि पनि घोराही नगरप्रमुख नरुलाल चौधरीलाई करवृद्धि   फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । उपमहानगर भएको अनुभूति गर्न नपाएका नागरिकलाई पालिकाले गरेको करवृद्धिको थप मर्का परेको भन्दै तत्काल निर्णय फिर्ता लिनुपर्ने नेपाली काँग्रेस घोराहीका नगर सभापति तिलक रावतले बताए ।

घोराही उपमहानगरपालिकाले भने आन्तरिक श्रोत कम हुँदै गएकाले आन्तरिक स्रोत बढाउनका लागि यस्तो निर्णय गरिएको प्रतिक्रिया दिएको छ । उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ३५ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो भने चालु आर्थिक वर्षमा ५५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ ।

About The Author