September 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

 बुद्धिचाल सङ्घको अध्यक्षमा पुनः शेरपाईली 



दाङ : बुद्धिचाल सङ्घ दाङको अध्यक्षमा अनिल शेरपाईली चयन भएका छन् । सँगको घोराहीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट शेरपाईली पुनः अध्यक्षमा चयन भएका हुन । जसको उपाध्यक्ष नवराज श्रेष्ठ, सचिवमा प्रेम सारू मगर र  कोषाध्यक्षमा शरद गिरी चयन भएका छन्, भने । त्यस्तै  सदस्यहरूमा लोकराज गिरी, गोविन्द मल्ल, गजेन्द्र वर्मा  र मिनेन्द्र गिरी रहेका छन् । 
सङ्घका जिल्ला अध्यक्ष अनिल शेरपाईलीको अध्यक्षता सङ्घका लुम्बिनी प्रदेशका उपाध्यक्ष दिनेश थापाको प्रमुख आतिथ्यता एवं नेपाल  पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनको विशिष्ट आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनको उद्‌घाटन गर्दै  प्रमुख अतिथि थापाले बुद्धिचाल हरेक व्यक्तिका लागि बहुउपयोगी खेल रहेको बताए।

बुद्धिचाल खेल हरेक व्यक्तिका मानसिक स्वास्थ्य मात्र नभई शारीरिक स्वास्थ्य र स्मरण शक्तिको विकासका लागि उपयोगी खेल रहेको बताए ।  कार्यक्रमका विशिष्ट  अतिथि नेपाल पत्रकार महासङ्घ  केन्द्रीय सचिव सविन प्रियासनले बुद्धिचाल आफैमा भद्र र मस्तिष्क बद्धर्क खेल रहेकाले यसको खेलको विकासमा पछिल्लो पुस्ताहरू अग्रसर बन्नुपर्नेमा बताए ।

अहिले प्रविधिको विकास सँगै यस्ता खेलप्रतिको अभिरुची नयाँ पुस्तामा घट्दै गइरहेकाले नयाँ प्रविधिको विकाससँगै यस्ता शारीरिक तथा मानसिक वृद्धि विकासका लागि सकारात्मक प्रभाव पार्ने उनको भनाई थियो । 

About The Author