July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

पाण्डेश्वर महादेव मन्दिर धारपानीको मूल मन्दिरको जिर्णोद्धार गरिने

 दाङ : दाङको घोराही उप महानगरपालिका वडा नम्बर ५ स्थित पाण्डेश्वर महादेव मन्दिरको जिर्णोद्धार गरिने भएको छ । सनातन धर्म हाम्रो सान, मन्दिर जिर्णोद्धार हाम्रो अभियान भन्ने नारा सहित मन्दिरको मूल मन्दिर कलात्मक, पुरातात्त्विक महत्त्व झल्कने गरि जिर्णोद्धार गर्न थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए ।  

शनिवार मन्दिरको गुरुकुल सभाहलमा सम्पन्न मन्दिर व्यवस्थापन समितिको १७ ओै वार्षिक साधारणसभामा उनले सरकारी, गैरसरकारी तथा विभिन्न दाताहरूको सहयोगमा मन्दिरको जिर्णोद्वारसंगै मन्दिरको भौतिक विकास गरिने जानकारी दिए  । सो अवसरमा अध्यक्ष अधिकारीले घोराही धारपानी पर्यटन मार्गमा दुवै तर्फ नाला सहित स्तरोन्नति, कुइरेपानी देखि धारपानी सम्म पूर्वाधार निर्माण, धारपानीदेखि देउखुरी उचानिम्वु सम्म सडक निर्माण, सुनकोट मन्दिर अवलोकन तथा पुजनका लागि सडक मार्ग निर्माण, मन्दिर परिसरमा गुफा निर्माण, गुरुकुल निर्माण कार्य पूरा गर्दै गौशाला निर्माण, शिवसागरको बिच भागमा ज्येष्ठ नागरिकमैत्री पार्क निर्माण र खुला विश्रामस्थल निर्माण गर्ने योजना अगाडि सारेको बताए । 

समितिका सहसचिव निम बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा समितिका सचिव विष्णुराम आचार्यले मन्दिरको प्रगति विवरण प्रस्तुत गर्दै हाल सम्म मन्दिर परिसरमा विभिन्न सरकारी, गैरसरकारी सामाजिक धार्मिक  सङ्घसंस्था र दाताहरूको सहयोगमा विभिन्न भौतिक संरचना निर्माण भएको जानकारी दिदैँ आगामी दिनमा मन्दिरको विकासका लागि गर्न सकिने योजना प्रस्तुत गरे । समितिले आगामी कार्ययोजनामा गुरूवागाउँ

 धारपानी जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने, बबई नदिमा बोटिङ, जीपलाईन तथा स्काई साइकिलिङ सञ्चालन, धार्मिक बन विस्तार तथा मन्दिर परिसरमा मृगस्थल निर्माण, स्थानीय साधन श्रोतको प्रयोग गरि ध्यान कुटी निर्माण,सु नकोट मन्दिरमा ३१ सय केजीको घण्ट निर्माण , बबईबाट  लिफ्टिङ गरि सुनको पानी पुर्याउने,  सुनकोट सम्म पदमार्ग निर्माण, मिनी चिडियाखाना लगायतका योजना निर्माणका लागि लक्ष्य राखेको सचिव आचार्यले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । 

 साधारणसभामा कोषाध्यक्ष बोधिलाल शर्माले एक करोड ११ लाख १५ हजार एक सय उनासी रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।  जसमा आम्दानी तर्फ दानपेटिकाबाट ४० लाख ७४ हजार ६ सय बीस रुपैयाँ, रसिदबाट तीन लाख आठ हजार महाशिवरात्रि मेलाबाट सात लाख ७९ हजार ७८, महायज्ञ वाक दानबाट १ लाख तीन हजार, चामल बिक्रीबाट ५६ हजार आठ सय बीस, चिल्लर सटहीबाट २८ हजार आठ सय, बरपिपल रोप्नबाट ४९ हजार पाँच, पुरुषोत्तम महायज्ञबाट १० लाख ५६ हजार

About The Author