July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

कृतिहरूको संरक्षणको जिम्मेवारी सरकारले लिन्छ : मुख्यमन्त्री आचार्य 

कपिलवस्तु :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्रष्टाहरूले समाज रूपान्तरणका लागि पुर्‍याएको योगदानलाई राज्यले उच्च सम्मानका साथ लिने बताए ।  कपिलवस्तुको साहित्य तीर्थ कपिलधाम बाणगङ्गा नगरपालिका ९ मा आयोजित प्राज्ञ प्रा.डा. विष्णुराज आत्रेय र साहित्यकार तथा समाजसेवी हिमलाल ज्ञवालीको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्रष्टाका कृतिहरूको संरक्षण र संरक्षकत्वको जिम्मेवारी सरकारले लिने बताए।   

उनले भने,‘ देशमा भएका ठूला राजनीतिक परिवर्तनहरू स्रष्टाहरूको चेतनामूलक रचनात्मक योगदानले सम्भव भएका हुन् । साहित्यको मात्र होइन, समाजको मूल चरित्र परिवर्तनमा पनि स्रष्टाको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।’ उनले  कपिलवस्तुलाई साहित्यिक दृष्टिले समृद्ध ठाउँको रुपमा चिनाउँदै यस क्षेत्रको समग्र विकासमा प्रदेश सरकारले विशेष भूमिका खेल्ने समेत बताए । 

सोही अवसरमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा सांस्कृतिक जागरण तथा शैक्षिक क्षेत्रको विकासमा स्रष्टाहरूले पुर्‍याएको योगदान अतुलनीय रहेको बताए ।  उनले इतिहासप्रति गर्व गर्ने समाज मात्र सशक्त बन्न सक्ने धारणा राख्दै पुराना ऐतिहासिक ग्रन्थहरूको संरक्षण आवश्यक रहेकोमा जोड दिए ।कार्यक्रममा साहित्य, संस्कृति र इतिहासप्रति रुचि राख्ने विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

About The Author