
काठमाडौँ : पेट्रोल र डिजेलमा ३/३ रुपैयाँ भाउ घटेको छ। नेपाल आयल निगमले मंगलवार एक विज्ञप्ति जारी गर्दै आज रातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको जानकारी दिएको हो।
भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

थप
तुलसीपुर उपमहानगरपालिका र कल्पनाका परिवारका बीच भएको ५ बुँदे सहमतिमा के छ ?
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ