July 6, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

सहकारीहरू अनिवार्य रूपमा उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरू उत्पादनमा नजोडिँदा सम्म प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्न नसक्ने बताए ।  ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरूलाई पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन सहकारी संस्थाहरू अनिवार्य रूपमा जोडिनुपर्ने बताए ।

हरेक सहकारी संस्था उत्पादनसँग जोडिनुपर्नेमा उनको जोड छ । समाजवादको आधारशिला सहकारी भएको र प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए  । पछिल्लो समय सहकारीहरू आफ्ना लक्ष्य, उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या उत्पन्न भएको र त्यसलाई ट्रयाकमा ल्याउने काम सरकारले गरिरहेको जानकारी गराए ।  राम्रो काम गरेका सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको भन्दै सहकारी अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा बताए । 

About The Author