September 7, 2026

Routine of shantinagar

ताजा अनि विश्वासिलो खबरको लागि

स्वास्थ्य प्राविधिक सङ्घ दाङ देशकै सर्वोत्कृष्ट शाखा


दाङ : नेपाल स्वास्थ्य प्राविधिक सङ्घ ( PAN) जिल्ला शाखा दाङ देशकै सर्वोत्कृष्ट शाखा भएको छ । बुधबार भएको सङ्घको राष्ट्रिय परिषद भेलामा दाङ  लाई सर्वोत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको छ । 

समारोहमा सङ्घद्वारा सञ्चालित हरेक कार्यक्रममा सक्रिय सहभागिता सहित स्थानीयस्तरमा हरेक गतिविधि सञ्चालन गरी सङ्घलाई अतुलनीय योगदान गरेबापत सर्वोत्कृष्ट जिल्लाको रुपमा दाङ जिल्लालाई  प्रशंसा पत्र सहित दाङ शाखा  अध्यक्ष दोर्ण बहादुर ओलीलाई सम्मान गरिएको हो ।

About The Author