दाङ : दाङको बागरमा लाग्ने महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढेको छ । फ्रेन्ड्स स्केट जोन प्रालि नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा दंगीशरण– ६ को बागर खोलास्थित हाट हजार लाग्ने स्थानमा यही पौष २८ गतेदेखि माघ ८ गतेसम्म प्रथम दंगीशरण कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव –२०८१ लगाउने तयारी भइरहेको संयोजक अजय बुढाथोकीले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए।
उनका अनुसार मेलाको ५० प्रतिशत तयारी पुरा भइसकेको छ ।स्थानीयस्तरमा कृषि सामाग्री प्रदर्शन गरी कृषकलाई प्रोत्साहन गर्ने, दंगीशरण भित्रका ऐतिहासिक, पर्यटकीयस्थलहरूको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले बताए । महोत्सवमा स्थानीयसँगै राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुती रहने छ । महोत्सवको संरक्षकमा दंगीशरण गाउँपालिका रहेको छ । दर्शकलाई महोत्सव स्थलमा प्रवेशका लागी शुल्क १०० रुपैयाँ राखिएको छ ।
ज्येष्ठ नागरिकहरूलाई निःशुल्क व्यवस्था रहेको समेत उनले बताए । झण्डै ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट ६० लाख भन्दा धेरै रकम सङ्कलन हुने अनुमान गरिएको उनको भनाइ छ । महोत्सवबाट बचत भएको पैसा सामाजिक कार्यमा लगाउने समेत उनले बताए । उनले भने,‘ पहिलो पटक यहाँ महोत्सव लाग्दैछ । महोत्सव सफल भएमा यही ठाउँको सामाजिक कार्यमा सहयोग गर्ने हाम्रो योजना रहेको छ । यस्तै उनले महोत्सवमा दंगीशरण डान्स आइडल २०८१ प्रतियोगिता रहेको समेत बताए ।

थप
आजबाट नाजिर हुसेनको ‘गुन्यु चोलो : द ड्रेस’ प्रदर्शनमा
राम्रो वर्ड अफ माउथ पाएको ‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट (यू) प्राप्त